आफ्नै काका हत्या गरेको अभियोगमा एकजना पक्राउ ।

काठमाडौ / महोत्तरीमा आफ्नै ६० वर्षीय काका खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा पक्राउ परेका छन । पक्राउ पर्नेमा मनराशिश्वा नगरपालिका वडा नम्बर १ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी वादविवादका कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा स्वा...

६ बर्षिय बालिका बलात्कार पछि हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोलि लागेका ४० वर्षीय बुद्धिराज न्यौपानेको मृत्यु ।

काठमाडौ / महोत्तरी जिल्लाको बर्दिबासमा ६ बर्षिय बालिका बलात्कार पछि हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । ...

श्रीमतीको हत्या गरेको आरोपमा चुडामणी भण्डारी पक्राउ ।

काठमाडौ / झापाको कमल गाउँपालिका वडा नम्बर ६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। आईतवार अपरान्ह साँढे ५ बजेको समयमा निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका-२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकु...

सालकको खपटा सहित काभ्रेका दुइजना पक्राउ ।

काठमाडौ / काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल स्थित शान्ति गोरेटो चोकबाट १ किलो २५ ग्राम सालकको खपटा सहित २ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा नम्बर २ घर भई काठमाडौं स्वयम्भू बस्ने २५ वर्षीय बिनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं चाबहिल बस्...

जबर्जस्ती गरेको आरोपमा १ जना व्यक्ति पक्राउ ।

काठमाडौ / पर्वत जिल्ला प्रहरीले जबर्जस्ती गरेको आरोपमा ३२ बर्षिय दिपक परियारलाई पक्राउ गरेको छ । मंसिर २ गते राति १० बजेको समयमा जिल्ला पर्वत साविक भुकताङ्ले गा.वि.स. वडा नं. २ हाल मोदी गाउपालिका वडा नं. १ बस्ने वर्ष ३२ को दिपक परियारले सोही ठाउ बस्ने १९ बर्षिय महिलालाई जवर्जस्ती करणी गरको अभियोगमा पक्राउ गरेका हुन...

अश्लील तस्वीर पठाएको आरोपमा एकजना पक्राउ ।

काठमाडौ / काठमाडौं महानगरपालिका वडा नम्बर २७ बाट फेसबुकमा फेक आइडी बनाएर अश्लील तस्वीर र म्यासेज पठाएको आरोपमा एक जना पक्राउ परेका छन् । फेसबुकमा नक्कली आइडी बनाएर बालिकाहरुलाई अश्लील तस्वीर र म्यासेज पठाएको आरोप सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा नम्बर ४ का २० वर्षीय अखिल नेपालीलाई प्रहरीले पक्राउ गरेको साइभर ब्य...

राैतहटमा १८ वर्षीया अमृता कुमारीको गोली हानि हत्या ।

काठमाडौं / माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोल राैतहटमा एक युवतीको गोली हानी हत्या भएको छ। लौकाहा टोलका रामअयोध्या साहकी १८ वर्षीया छोरी अमृता कुमारीको सुतिरहेको अवस्थामा बुधबार राति गोली हानी हत्या भएको हो। उनको हत्या कसले किन गर्यो भन्ने खुल्न नसकेको रौतहट जिल्ला प्रहरीले जनाएको छ। राति ११ बजेको समयमा अ...

मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालि चेलिको हत्या।

क्वालालम्पुर / मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि आइतमाया मगर को हत्या गरेका छ्न।   धारिलो हतियार प्रयोग गरि आज साझ हत्या गरेका हुन । हत्या गर्ने नेपालिको परिचय आउन बाकि रहेको छ। मदिरा सेवन गरि घारिलो हतियार बाहिर ब...

श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जना पक्राउ ।

काठमाडौ / चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबा...

१० किलो गाँजा सहित ३ जना पक्राउ ।

काठमाडौ : काठमाडौंको गोंगबु पवित्रनगर क्षेत्रबाट दस किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन। महानगरीय प्रहरी प्रभाव गोंगबको टोलीले गाँजासहित तीनजनालाई आइतबार पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–२६ स्थित मेघा गेस्ट हाउस नजिकै बा ९० प ६२८९ नम्बरको स्कुटरबाट प्लास्टिकमा लुकाएर राखिएको गाँजा बरामद गरिएक...