सुदुर पश्चिमेली नेपाली समाजहरुको संयुक्त अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई बिमा रकम हस्तान्तरण ।

असार ५ कैलाली। सुदुर पश्चिमेली सुदुरपश्चिम प्रदेशका खेलकुद नेपाली समाज हरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा सहयोगार्थ'को लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सुदुर पश्चिमेली नेपाली समाजले सोमबार एक कार्यक्रमको आयोजना गरी सुदुरपश्च...

टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सन् २०२१ मा आयोजना हुने खेलको तालिका सार्वजनिक भएको हो । खेल जुलाई २३ देखि सुरु भएर अगस्ट ८ सम्म चल्ने ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । जम्मा ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्...

राखेपको रिक्त सदस्यसचिवका लागि २७ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त सदस्यसचिवका लागि २७ जनाको आवेदन परेको छ । राखेपको कार्यकारी पदका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित २७ जनाको आवेदन परेको हो । गत असार १७ गतेदेखि नयाँ खेलकुद ऐन लागु भएसँगै राखेप नेतृत्वविहीन बनेपछि नयाँ ऐनअनुसार सदस्यसचिव नियुक्तिका लागि युवा तथा खेलकुद ...

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो ,बार्सिलोना स्तब्ध

काठमाडौं। रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति सम्पन्न खेलमा भिल्लारियललाई पराजित गरी रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २-१ ले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा करिम बेन्जमाले दुवै गोल गरेका थिए । बेन्जम...

सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक।

काठमाडौं – कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको तालिका स्थानिय समय सहित सार्वजनिक गरेको हो । कतारमा हुने विश्वकप सन् २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ । विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउाँसो साढे ३ बजे सुरु हुनेछ । फि...

महिला विश्वकप फुटबल २०२३ अष्ट्रेलिया र न्यूजिल्याण्ड हुने।

एजेन्सी -  सन् २०२३ को महिला फुटबल विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने भएको छ । संयुक्त रुपमा दाबेदारी पेस गरेका अष्ट्रेलिया र न्यूजिल्याण्डलाई तीन वर्षपछि हुने महिला विश्वकप आयोजनाको जिम्मेवारी दिएको घोषणा फिफाले गरेको छ । प्रतियोगिता आयोजनाका लागि कोलम्बिया, ब्राजिल र जापानले पनि दाबेदारी प्रस्तुत गरेका थिए...

गोकर्णेश्वर ९ स्थित शंखडोल डोजोद्वारा प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगीता आयोजना गर्ने

काठमाडौं / गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित शंखडोल डोजोले आफ्नो वार्षिकोत्सवको अवसरमा यहीँ जेठ १ र २ गते प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता आयोजना हुने भएको छ। पछिल्लो समय कोरोना भाइरसको बढ्दो प्रकोपसँगै खेलकुद गतिविधि रोकिएका छन्। यद्यपि विकल्पका रुपमा अनलाइनबाट खेल खेलाउने प्रचलन भने बढ्दै गएको छ...

covid -१९ का कारण स्थगित जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल पुनः सुचारु गर्ने तयारी।

बैशाख १० काठमाडौं । कोरोना भाइरसको कारण स्थगित जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल आगामी ‘मे’ महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ । जर्मन फुटबल लिगले स्थगित बुन्डेस लिगा आगामी ‘मे’ ९ बाट पुनः सुचारु गर्ने तयारी गरेको हो ।जर्मन फुटबल लिगले प्रस्ताव गरेको मितिमा स्थानीय सरकारहरुले समर्थन जनाइरहेका छन् । जर्मनीको दुई...

जेलबाट छुटे ब्राजिली फुटबलका पूर्व स्टार खेलाडी रोनाल्डिन्‍हो।

एजेन्सी — ब्राजिली फुटबलका पूर्व स्टार खेलाडी रोनाल्डिन्‍हो मंगलबार जेलबाट छुटेका छन् । पाराग्वेली अदालतले रोनाल्डिन्‍हो र उनका दाजुलाई जेल मुक्त गर्ने निर्णय गरेको हो । अब उनी होटलमा बन्दीका रूपमा रहने छन् । यो निर्णय आएको ठीक एक महिना अगाडि मात्र उनी जाली राहदानी प्रयोग गरेर पाराग्वे प्रवेश गरेको आरो...

एसीसी इस्टर्न क्रिकेट खेलमा मलेसियासंग नेपाल २२ रनले पराजित।

थाइल्यान्ड – एसीसी इस्टर्न क्रिकेटअन्तर्गत थाइल्यान्डको बैंककमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रन मात्रै जोड्न सफल भयो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दी...