तामाङ चलचित्र तिङला नाङ्सालले दर्शक रुवायो,अब्बल साबित निर्देशक निमा लामा

काठमाडौ : चलचित्र बिकास बोर्डको हलमा आफ्नो पहिलो प्रीमियर शो गरेको तामाङ भाषाको चलचित्र तिङ ला नङ्सालले दर्शक लाइ रुएको छ ,निर्देशक लामाको निर्देशनमा तयार चलचित्रले दशकको माया पाएको हो संख्यातमक रुपले तामाङ चलचित्र बने पनि यसरि दर्शक रुवाउने तामाङ चलचित्र पहिलो चोटि निर्माण भएको चलचित्रको शो मा  आउनु भएको दर्शकले प्रतिक्रिया दिए ।

कोभिड १९ को महामारी बिचमा हल्लानै नगरि सिमित दर्शकको माझमा प्रदर्शन गरिएको चलचित्र तिङला नङ्साल व्यावसायिक रुपले पनि सफल हुनेमा निर्माण टोलि ढुक्क देखिएको छ ।

नायक कृष्ण थीङले लेखिएको चलचित्र लाइ युवा निर्देशक निमा लामा तामाङले निर्देशन गर्नु भएको हो
सानु बोम्जन र मिन कुमार वाइबाको लगानीमा निर्मित चलचित्रमा=कृष्ण लामा सुसान वाइबा अनिता बोम्जन कृष्मा वाइबा अबिना गोले बिनिता थीङ तामाङ सोनु रुम्बा सुन लाल वाइबा कान्छामान वाइबा टुल्कु थीङ लगायत कलाकार हरुको मुख्य अभिनय देख्न सक्नु हुने छ ।
सुरज श्रेष्ठको द्वन्द्व निर्देशक रहेको चलचित्रमा बिस्वास भण्डारीले छायांकन गरिएको हो ।
यहि असोज ९ गते के एल टावरमा चाबहिलमा चलचित्रको दोश्रो शो हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार