पत्रकार सम्मेलनमै दर्शक रुवाए मायाला कसमले

भक्तपुर:तामाङ चलचित्र होस या म्युजिक भिडियो अमिर दोङ अग्रपंक्तिमा रहेको कलाकार हो उनि अभिनित गीत हरु हप्ता २-४ वटा आउने गर्छ यसै क्रममा पछिल्लो गीत मायाला कसम दर्शक माझ ल्याएका छन उल्लेखनीय पत्रकार र दर्शक हरु माझ सार्बजनिक गरिएको गीत सुन्द एउटा म्युजिक भिडियो जस्तो सुनिए पनि सारमा हेर्द एउटा फिल्म नै हेरेको महसुस हामीले गर्न सकिन्छ ।

चर्चित गायक विशाल काल्तान र चर्तित गायिका जितु लोप्चनको आवाजमा तयार भएको गीतमा गायक विशाल काल्तानकै शब्द र संगीत रहेको छ । गीत उर्गेन दोङको एरेञ्ज तथा दिपेश प्रधानको मिक्सिङमा तयार भएको हो ।

गीतको म्युजिक भिडियोमा चर्चित नायक अमिर दोङका साथमा मिङमार लामाले अभिनय गरेकी छिन् । नायक दोङकै निर्देशन रहेको म्युजिक भिडियो राजु तामाङको कथा तथा सम्पादनमा तयार भएको हो । म्युजिक भिडियोको छायाँङ्कन सुमन तामाङले गरेका छन् । म्युजिक भिडियोमा रोनिश तामाङको ड्रोन छायाँङ्कन पनि समावेश छ । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार