झर्केता थालमा सुनपाली धुप बजारमा

भक्तपुर : नव गायिका सुस्मिता रुम्बा तामाङको “झर्के त थालमा सुनपाती धुप” बोल रहेको तामाङ सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक विशाल पाख्रिनको शब्द,संगीत रहेको सोही गीतमा गायक आफैंले स्वर दिएका छन् भने गायिका सुस्मिता रुम्बाले पनि स्वरमा साथ दिएकी छिन् ।
यस गीतलाई विशाल योन्जनले एरेन्जर गरेको छन् भने गीतको मिक्सिङ डिक गुरुङले गरेका हुन् ।

नायक तथा निर्देशक अमीर दोङको निर्देशनमा रहेको गीतको भिडियोमा अमिर दोङ ,सुनिता लुङ्बा, किरण ब्लोन, प्रबल थिङ, सन्ध्या मोक्तान लगायतको अभिनय रहेका छन् । गीतको भिडियोलाई सुमन तामाङले खिचेका हुन् । नृत्य निर्देशन भने युद्ध लामा ब्लोनको रहेको छ । त्यसैगरी मेकअपमा आदित्य लामाले सम्हालेको छ । भिडियो

प्रस्तुत गीतमा लाहुरे सोल्टीको घरको पुजामा निम्तोलाई स्विकार्दै शिक्षिका सोल्टीनी आइपुगेपछि राजनीति देखि संस्कृतिसम्मको कुरालाई जुहारीमा उतारेका छन्।

झाँगिदै गएको सांगीतिक क्षेत्रमा नयाँ नयाँ अनुहारहरु थपिदै गएको देखिन्छ।स्थायी घर रामेछाप रहेको गायिका रुम्बा पनि हालै गीत संगीत क्षेत्रमा प्रवेश गरेकि छिन।सानैदेखि रुचि रहेको भन्दै उनले यस क्षेत्रलाई निरन्तरता दिने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार