राजधानी युथ क्लबले हेलम्बु बाडिपहिरो पिडितलाइ राहत बितरण गरेको छ

  Grandnews
 113 पटक हेरिएको

सिन्धुपाल्चोक:मनसुन सुरु संगै बाढीले क्षेत विच्छेद बनाएको सिन्धुपाल्चोक जिल्ला अहिले सबैको नजरमा छन,खासै सरकारको नजरमा नपरेको सिन्धुपाल्चोक बासी अहिले त्रास र पिडामा डुबिरहेका र रोइ रहेका आँखा अनि थरथर कामी रहेका हातहरु जोड्न मुल्किल जस्तै देखि रहेका छन ।

सिन्धुबासी लाइ थुप्रै सामाजिक संघ संस्थाले दुखी रहेको घाउमा केही मलम लगाउने कोसिस गरिरहेकाले यसै सिलसिलामा राजधानीका एक सामाजिक क्लब राजधानी युथ क्लबले सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिकाको वडा न १ र २ का बाढी पहिरो पीडितलाई सोलार बत्ती लगाएत केही खाद्यान्न सहित ५० परिवारलाइ राहत बितरण गरेको क्लबका संस्थापक अध्यक्ष आशिष खतिवडाले जानकारी दिएका छन ।

उक्त राहतका साथमा क्लबका संरक्षक रोम प्रधान , प्रकाश राई ,अम्बिर गुरुङ लगाएत राजधानी युथ क्लबका पदाधिकारीहरु स्वयंसेवक सहित हेलम्बुका क्युल पुगेका थिए ।

क्लबका संस्थापक सचिब समीर लामाका अनुसार राहत बितरण कार्यक्रममा उपस्थित भएका पीडितहरु निकै खुशी रहेको भन्दै हाम्रो मिडियालाइ जानकारी गराउनु भए थियो ।

वडा न १ का वडा अध्यक्ष छिरिङ लामाका रोहबरमा राहत बितरण गरिएको थियो,आगामी दिनहरुमा पनि यसैगरी दुख पिडामा परेका सम्पुर्ण नेपालीलाइ सहयोग गर्ने क्लबका संरक्षक रोम प्रधानले प्रतिबद्ध जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार