राउटे युवतीलाई मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको आरोपिय पक्राउ ।

अपराध समाचार ।

  ग्राण्ड सम्बाददाता
 127 पटक हेरिएको

सुर्खेत – राउटे समुदायका युवतीलाई होटलमा लगेर अश्लील क्रियाकलाप गर्ने तीन जनालाई आज आइतबार सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत हुन् ।

उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ । होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लील क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दोषी युवामाथि कानून बमोजिम कारबाही हुने जानकारी दिनुभएको छ ।

पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको छ ।राउटे नेपालकै एक मात्र फिरन्ते समुदाय हो । गुर्भाकोट ११ जनैघाटमा बस्दै आएका राउटे हाल १४३ को सङ्ख्यामा छन् ।                                                    https://youtu.be/L-0Kyqi4Arw

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार