आज रामेछापको सुनापती वडा न: ४ मा स्वास्थ्य सामाग्री बिरतरण गरिदै पुग्यो रबिन्स लामाको टोली

रामेछाप : बिश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड 19 को दोस्रो लहर रामेछाप सुनापती गा. पा.-४ बेथान भल्वाडी मा तिब्र गतिमा फैलिदै गएको हुनाले यसको नियन्त्रण तथा रोकथाम गर्ने उदेश्य सहित भल्वाडी म्हार्मेन युवा क्लब को आयोजकमा समाजसेवी रबिन्स तामाङ र आमरध्वज तामाङको सहयोगमा स्वास्थ सामग्रीहरु बितरण गरिने भएको छ ।


स्वास्थ्य सामाग्री हरुमा ( माक्स, सेनिटाईजर, ग्लोब्स, साबुन, औषधिहरुमा पारासिटामोल, भेटामिन डी, डिकोल्ड र अन्य स्वास्थ्य सामाग्रीहरु) आज बितरण गरिने भएको छ ।

संगै स्वस्थ्य कर्मी द्वारा बिरामीको चेकजाँच पनि गरिने भएकोले सबैमा जानकारी गराउदै उक्त स्वास्थ सामाग्री बितरण गरिने भएको हो।

तसर्थ सम्पुर्ण युवा स्वयंसेवकहरुले यस कार्यमा शुरक्षाको पुर्णमापदण्ड पालाना गर्दै युवाहरु परिचालन हुन पनि अनुरोध गरिएको छ । स्वमयसेबक युबाहरुको लागी PPE को ब्यबस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार