२४ घण्टामा ९२७१ जनामा कोरोना पुष्टि । १३९ जनाको मृत्यु

  ग्राण्ड सम्बाददाता
 141 पटक हेरिएको

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा १७६२३ जनाको आरटी पीसीआर र ७८८ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्द ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १८४११ जना सहित हाल सम्म २६ लाख ५२ हजार १ सय ३० जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आज थप भएका ९२७१ जना सहित हालसम्म ४ लाख ३ हजार ७ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा ४००७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित हालसम्म ३ लाख ६ हजार ७ सय ९४ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमित हुने मध्ये निको हुनेको प्रतिशतमा ७६.% प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमित ९३ हजार १ सय ४१ जना छन्। क्वारेन्टाइनमा ४२७ जना छन ।हालसम्म मृत्यु हुनेको संख्या आज थप भएका १३९ जना सहित ३ हजार ८ सय ५९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइसियुमा ९१० जना छन । भेन्टिलेटरमा २९५ जना छन । होम आइसोलेसनमा ८६४२६ जना र संस्थागत आईसोलेसनमा ६७१५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार