यूवा नेता फैजल खान आउने चुनावमा मायादेवी गाउँपालिका अध्यक्ष पदको उम्मेदवार।

राजनीतिक समाचार ।

  सुरेश कुमार पाण्डे
 96 पटक हेरिएको

कपिलवस्तु – स्थानिय तहको चुनाव नजिकदै गर्दा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का युवा तथा जुझारु नेता फैजल खानले चुनावका लागी मायादेवी गाउँपालिका अध्यक्ष पदको उम्मेदवारी दिएको बताएका छन ।

गाउँपालिकामा सबैको लोकप्रिय नेता फैजल खानले युवा देखि नै राजनीति क्षेत्रमा आफ्नो पाईला अगाडी बढाएको स्थानियले बताउँछन् । घरमै पुगेर स्थानियहरुको दुख सुख बढने भएकै स्वाभावका कारण उनी सबैको प्यारो हुन । स्थानिय कै सुझाव अनुरुप आफू उम्मेदवारी दिएको उनले बताएका छन । तसर्थ जनताको माग अनुसार खानले अध्यक्ष पदको उम्मेदवार बनेका हुन ।

जानकारी गराउदै भने, “म जनता माथी शासन गर्नका लागि यो उम्मेदवारी दिएको हैन ! जनताको माग अनुसार उनीहरुको सेवा गर्न सबैको माझामा आएको हो । मेरो लागि जनता सबै भन्दा ठूलो हुन् र जनताको सेवा गर्न पाए मेरोलाई त्यो नै ठूलो कुरा हुनेछ। म सधैं जनताहरूको भलो चाहेको छु र सधैं भलो नै चाहने छु।”

बिगतमा पनि म कुनै पदमा नभए पनि जनताको सेवामा तात्पर्य रहेकै छु । आगामी दिनमा पनि यस्तै सबैको लोकप्रिय र सेवाको
अवसर प्राप्त हुनेछ भन्ने आशा र विश्वासका साथ अगाडी बढेको छु । यो पटक जनताले मलाई आफै रोजेका छन् मलाई धेरै नै खुसी लागेको छ । आशा छ कि यस्तै जनता जनार्दनको माया, ममता र सहयोग मलाई प्राप्त हुनेछ ।

उनले थपे,”कोरोना भाइरसको महामारीबाट गुज्रीएर बिस्तारै अगाडि बढ्न खोजेका हामी महामारीको संकट पुन: बढीरहेकोले स्वास्थ्य र सुरक्षाको थप सतर्कता अपनाउँदै, हाम्रा व्यवशायहरू सु-सञ्चालन गर्नु पर्ने हुन्छ ।महामारीबाट बढी पीडित र जोखिममा परेका साना तथा गरिब परिवारहरुलाई बचाउन र सहयोगका लागि म हरेक पल तयार छु । साथै आगामी दिनमा पनि यस्तै निरन्तरता रहने छ । आगामी दिनहरुमा ठोस उपायहरुको पहल हुने हामी विश्वस्त छौ। तपाई हामी सबैको सामुहिक र सार्थक प्रयासबाट मात्र देशको सामाजिक र आर्थिक रुपान्तरण सम्भव छ।

सम्पुर्ण बिश्व साथै हाम्रो मुलुक पनि पुन: गम्भिर चुनौती पुर्ण अवस्थामा छ। मानव सभ्यताको यो कठिन घडिसंग जुध्न हामी सबैलाई साहास, असिम धैर्यता, उच्च मनोबल र अटल हौसला प्राप्त होस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार