कोरोनाको बिरामी बडे संगै यो ठाउँ हरुमा बिद्यालय बन्द गरिदै (नाम सहित )

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले केही शहरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै कोरोनाको उच्च जोखिममा रहेका जिल्लामा एक महिनासम्म भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।

बैठकले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी र धरानका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द गर्ने सरकारको निर्णय रहेको छ ।

यी ठाँउहरुमा अनलाईन माध्यमबाट पठपाठन हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार