कोभिडले थलिएको हामि उठ्नु छ भन्ने मुलनारा लिएर दशरथ रंगशालामा फुटबल हुने

  हेम बोम्जन
 225 पटक हेरिएको

१९ चैत, काठमाडौँ । प्रधानमन्त्री केपि ओलिको प्रमुख आतिथ्यता चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजी तथा आवासीय विद्यालय लगायतको सहभागीता हुने बताइएको छ ।

७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दुरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।

खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरीने आयोजकले बताएको छन ,यसरि राष्ट्रिय खेलाडिहरु लाइ दर्शकको रुपमा प्रस्तुत गर्दै मन्त्री मण्डल समेतको फुटबल गेम हुने भनेर कार्यक्रमको समयोजक तथा हेराल्ड मिडिया को अध्यक्ष समिर लामाले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार