साउन १ गते देखि सरकारले बृद्ध भत्ता बढाउदै ।

  ग्राण्ड सम्बाददाता
 112 पटक हेरिएको

काठमाडाैं / एमाले सरकारले साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढाउने भएकाे छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नु भएको हाे । मंगलबार काठमाडाैंमा आयाेजित रिपोर्ट्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बाेल्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने जानकारी दिनुभएकाे हाे ।

सरकारले नागरिकका लागि काम गर्दा केही व्यक्तिले आपत्ति जनाइरहेका पनि ओलिले बताउनु भयाे । तर यसले केही फरक नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार