काठमाडाैँ / केपी ओलि सरकार र थारुवान संघर्ष समिति बीचको पहिलो चरणको वार्ता सकिएको छ ।
आज गृह मन्त्रालयमा आज मंगलबार भएको छलफलमा दुवै पक्षले आफ्ना कुरा राखेको बताए । अर्को चरणको छलफल पुन बिहीबार हुने जनाइएको छ ।
बिहीबार बस्ने गरी आजको वार्ता टुंगिएको हो । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहनुभएकाे थियो ।
थरुहट संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली रहेका छन ।
थारुहटको टोलीले टीकापुर घटनामा संलग्न रहेका धनीराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि रहेको मुद्दा फिर्ता लिनुपर्ने, आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरिनु पर्ने लगायत १९ बुँदे माग अघि सारेको छ ।