नेपाली काङ्ग्रेसको महाधिवेशन कार्यतालिका पटकपटक हेरफेर

  ग्रान्ड संवाददाता
 204 पटक हेरिएको

 

 

काठमाडौ / नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरी एकपटक हेरफेर हुने भएको छ।

पटकपटक संशोधन हुँदै आएको महाधिवेशनको कार्यतालिका हेरफेर गर्न काङ्ग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र सदस्यता छानबिन समितिको बैठकले संशोधित कार्यतालिका प्रस्ताव गर्न सदस्यता छानविन समितिलाई नै आग्रह गरेको छ।

सोमबार दिउँसो २ बजेसम्म ४० प्रतिशत मात्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम भएपछि पदाधिकारी बैठकले अन्तिम मितिलाई कायम राख्दै महाधिवेशनको संशोधित कार्यतालिका ल्याउन रमेश लेखक नेतृत्व समितिलाई निर्देशन दिएको हो। यो खवर आजको  नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार