डम्बर थामी अनुपमको कविता ” पढाइ “

  ग्रान्ड संवाददाता
 372 पटक हेरिएको

 

सानो-सानो कन्तुर जत्रो
हातमा पर्ने बित्तिकै
आँखा च्याती-च्याती हेर्दै
खुब चाख मानेर पढियो
अति नै ध्यान दिएर पढियो
रामायणका कथा कुथुंग्रीहरू
यसरी नै
समयको बक्ररेखामा
असंख्य वेदना कुँदिएका
लहर जस्तै आउने
कसले पढिदेला
मेरो जिन्दगीको रामायण !

डम्बरबहादुर थामी (अनुपम)
२१ मार्च २०२१, पराईभूमी !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार