माओवादी केन्द्र र एमाले पार्टीको एकतामा खतरा ! माधब कुमार नेपाल ।

  ग्राण्ड सम्बाददाता
 170 पटक हेरिएको

काठमाडौं / एमाले नेता माधवकुमार नेपाल समूहले माओवादी केन्द्र र एमाले पार्टीको एकतामा खतरा आइपरेको बताएको छ। बुधबार र बिहीबार सञ्चालन हुने राष्ट्रिय कार्यकर्ता भेलामा माधवकुमार नेपालले प्रस्तुत गरेको अवधारणापत्रमा पार्टी एकतामा खतरा आइपरेको विषय उल्लेख गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीका निजी महत्वाकांक्षाका कारण पार्टीले हासिल गरेका उपलब्धिहरु गएका केही महिनामा एकपछि अर्को गरी गुम्दै गएको अवधारणा पत्रमा समावेश गरिएको छ।

‘पार्टी एकता असफल भएको छ, गठबन्धनको सम्भावना समेत कमजोर हुँदै गएको छ। संसदमा एउटा कम्युनिस्ट पार्टीको बहुमत गुमेको छ। संविधानलाई ठूलो चोट लागेको छ। र, बाँकी बँचेको नेकपा (एमाले)को एकतामाथि समेत खतरा आइपरेको छ,’ राष्ट्रिय भेलामा प्रस्तुत कार्यपत्रमा भनिएको छ।

त्यस्तै, २०७५ जेष्ठ २ गतेलाई प्रस्थान बिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना, विधि विधानको पुनर्स्थपना, नवौं महाधिवेशनको कार्यदिशाको स्थापना गर्नु पर्ने लगायतका विषय पनि अवधारणा पत्रमा उल्लेख छन्।

यस्तो छ अवधारणा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार