एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेको संसदलाइ ब्रिफिङ।

  ग्राण्ड सम्बाददाता
 126 पटक हेरिएको

काठमाडौ / नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको छलफलबारे आफूनिकटका सांसद र केन्द्रीय सदस्यलाई जानकारी गराएका छन्।

बानेश्वरको एक होटलमा आफू निकटका सांसद र केन्द्रीय सदस्यलाई बोलाएर नेपालसहित छलफलमा सहभागी भएका नेताहरूले धुम्बाराहीको भेटबारे जानकारी गराएका हुन्।

भेलापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘२८ गतेको बसेको भनिएको बैठकलाई बैठक नै होइन भनेर हामीले भनेका थियाैं। आधिकारिक बैठकले मात्रै निर्णय गर्न सक्ने हामीले बतायौं। साथीहरूलाई साेही जानकारी गराएका छाैं।’

उनले अदालतले एमालेलाई २०७५ जेठ २ भन्दा पूर्वको अवस्थामा पुर्‍याइदिएकाले साेही अनुसार पार्टी चल्नुपर्ने र फागुन २३ गते पछिका सबै निर्णय बदर हुनुपर्ने अडान राखिएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार