माधब नेपाल समुहको स्थायी समिति बैठकले ओलीद्वारा एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अस्वीकार गर्ने निर्णय

  ग्राण्ड सम्बाददाता
 135 पटक हेरिएको

काठमाडौ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि माधब नेपाल समुहको आकस्मिक बसेको स्थायी समिति बैठक शुुुुुुुुक्रबार साँझ सकिएको छ । नेपाल पक्षले अध्यक्ष ओलीद्वारा एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अस्वीकार गर्ने निर्णय गरेको छ ।

ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएका थिए। उनले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीबाट पार्टीको विधान विपरित एकलौटी गरिएको एकतर्फी निर्णयको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको एक स्थायी समिति सदस्यले बताएका छन् ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि आकस्मिक बैठक बोलाएका हुन् । बैठकले अब आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे पुनः छलफल गर्ने निर्णय गरेको बताए । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिव बाहेकका सबै पदाधिकारी हटाएका छन् ।

ओलीले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् ।

उनीहरु ओली पक्षका नेताहरु हुन् । यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् । प्रदेश इन्चार्ज र विभाग प्रमुखबाट नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर ओली पक्षका नेताहरुलाई दिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार