गृह मन्त्रालयले गर्यो सहसचिव र उपसचिव सहित ५२ जनाको सरुवा र पदस्पथापन ।

  ......
 90 पटक हेरिएको

 

काठमाडौ / गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक  प्रजिअ (सहसचिव र उपसचिव) को सरुवा र पदस्थापन गरेको हो ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।
त्यस्तै गृह मन्त्रालयका कार्यरत शालिग्राम शर्मा पौडेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखामा सरुवा गरिएको छ । गृह मन्त्रालयमै कार्यरत अरुण पोखरेललाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीका रुपमा पदस्थापन गरिएको छ ।                https://drive.google.com/file/d/13hlEp5_shG-JL3JVnl_rcsejooFOvuyw/view?usp=sharing

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार