विप्लव समूह र सरकार बीच वार्ताको चर्चा चलिरहेका बेला मुस्ताङ इञ्चार्ज पक्राउ

  ग्राण्ड सम्बाददाता
 215 पटक हेरिएको

काठमाडौं / प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं २ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्यादीले जनाएको छ । ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ ।

प्रहरी नायब उपरीक्षक राईले राज्य विरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । “दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो”, उनले भने, “उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा हुनुहुन्थ्यो ।”

पुनलाइ एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ का बासिन्दा हुन् ।

उनी पछिल्लो समय विप्लब समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार