ट्रकको ठक्करबाट एकजनाको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 80 पटक हेरिएको

काठमाडौँ / मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुर सडकमा ट्रकले गाडीलाई ठक्कर दिँदा गाडी चालकको मृत्यु भएको छ।

ना ६ ख ४०४४ नम्बरको ट्रकले ना १ ह ३४०८ नम्बरको गाडीलाई बिहीबार बिहान ठक्कर दिँदा गाडी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त ठक्करबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं ११ थानाभर्याङ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेका छन्।दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार