मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 82 पटक हेरिएको

काठमाडौँ / चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

ना.३८ प ५२६८ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका वडा नं १० बस्ने चिरन राज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा आज मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार