प्रचण्डलाई सात दिनभित्र अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्बोच्चको आदेश ।

  ग्राण्ड सम्बाददाता
 137 पटक हेरिएको

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ।

शुक्रराज आरण समेतले दायर गरेको रिट निवेदनमा बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लिखित जवाफ मगाउने आदेश दिएको हो।

प्रचण्ड विरुद्ध यसअघि पनि परेको अवहेलना मुद्दामै न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो। महिनादिन पुग्नै लाग्दा पनि जवाफ बुझाएका छैनन्।

अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा बोलेर न्यायसम्पादनमा अवरोध गरेको भन्दै त्यतिबेला अधिवक्ता समिर हायुले अवहेलना मुद्दा दायर गरेका थिए।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले म्याद तामेली बुझिसकेको र भोलि वा पर्सि जवाफ बुझाउन अदालत जाने कार्य तालिका रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार