कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या सरकारले लुकाएको तथ्य फेला ।

  ग्राण्ड सम्बाददाता
 97 पटक हेरिएको

काठमाडौं /  सरकारले बुधबार एकैदिन नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ६ सय १९ जना देखाएको छ ।

यश अघि नेपाली सेनाले थप एक हजार भन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन गरेको जनाएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मात्रै ६ सय १८ जना थपेको हो ।

नेपाली सेना सँग भएको तथ्याङ्क सँग रुजु गरेको धेरै समय भए पनि स्वास्थ्य मन्त्रालयले बुधबार मात्र ६ सय १८ जना कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  थपेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिले विभिन्न समयमा छुटेकाहरुलाई समेटेर अंक मिलाइएको बताउनु भएको छ ।

गाैतमले मृतक मिलान गरेसँगै सक्रिय संक्रमितको संख्या पनि घटाइएको बताउनु भयो ।पछिल्लो २४ घण्टामा  एक जना कोरोना संक्रमितको  मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ सय ८४ जना पुगेको छ । त्यसैगरी सक्रिय संक्रमित पनि एकैपटक ६ सय १८ जना घटाएर ९ सय ३७ जना पुर्याइएको छ । गौतमले पुसदेखि भने मृतकको संख्यामा समस्या नभएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार