पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि ।

  ग्राण्ड सम्बाददाता
 85 पटक हेरिएको

काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ३६ जना र पुरुष ५८ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनालाई कोरोना संक्रमण देखिएकाे हाे ।

हाल सम्म देशका विभिन्न प्रयोगशालामा २१ लख ५० हजार २ सय २५ जनाको आरटी पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० जना पुगेको छ ।पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सहित हाल सम्म कोरोना संक्रमण पुष्टि भएका मध्ये २ लाख ७० हजार १ सय ३९ जना निको भएका छन् । कोरोना संक्रमण भएका मध्ये निको हुनेको प्रतिशतमा ९८.७% रहेको छ ।

हाल सम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ३७ जना रहेको छ ।हाल क्वारेन्टाइनमा ६३ जना छन ।हाल सम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २ हजार ६ सय ८४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार