सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै प्रचण्ड – माधव नेपालले लड्डु खाएर खुसि मनाए ।

  ग्रान्ड संवाददाता
 106 पटक हेरिएको

 

 

काठमाडौं / प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलिको निर्णयलाई सर्बोच्चले बदर गर्दै संसद पुनर्स्थापना गरेसँगै नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपालले लड्डु खाएर खुसी साटासाट गरेका छन् ।

सर्बोच्चको निर्णय संगै अहिले प्रचण्ड-नेपाल समुहको नेता कार्यकर्ता सडकमा निस्किएर खुसियाली मनाउदै छन ।

सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले माइतीघर मण्डलासहित काठमाडौंका विभिन्नस्थानबाट निस्किएर खुसियाली मनाएका हुन् ।

मंगलबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन समेत आदेश दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार