वि.सं.२०७७ साल फागुन १० गते सोमबारको राशिफल ।

 

 

मेष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।

वृष– पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।

मिथुन– आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ ।

कर्कट– सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।

सिंह– बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने दिन छ ।

कन्या– अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहिसंग सामान्य बादबिवाद पनि होला ।

तुला– घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।

वृश्चिक– घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ ।

धनु– कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ ।।

मकर– स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ ।

कुम्भ– जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको पनि लाभ होला ।

मीन– उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार