न्युयोर्क – जात जाति धर्म,बर्ग र राजनितीबाट मुक्त गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले अमेरिकी न्युयोर्क राज्य स्थित ७०० बक्स फ्री खाना वितरण गरिएको छ।
फेब्रुअरी १४ तारीख आइतबार खाना वितरण कार्यक्रममा हामी नेपाली ग्लोबल अध्यक्ष- अमृत लामा,प्रथम उपाध्यक्ष – नबराज के.सी ,खेलकुद बिभाग प्रमुख – मोहन वाइबा लगायत विभिन्न समाजसेवि ब्याक्तित्वहरुको सहभागीतामा न्युयोर्क राज्यको १५-०३ कलेज पोइन्ट बि एल बि डि कलेज पोइन्ट एन वए ११३५६ स्थित प्रति बक्स ५० डलर मुल्य पर्ने ७०० बक्स “खाना” ३५ हजार अमेरिकी डलर” अर्थात नेरु .४० लाख ६० हजार रुपैयाँ मूल्यको खाना वितरण गरिएको हो।
हामी नेपाली ग्लोबलका प्रथम उपाध्यक्ष नबराज केसी ले सिटी काउन्सिल न्युयोर्क डिस्ट्रीक १९ का शसक्त उम्मेदवार दिएको छ भने”नबराज केसी अमेरिक न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन्
फ्री खाना वितरण गर्दै गरेको भिडियो हेर्नुस् ।
बिश्वभर छरिएर रहेका नेपालीहरुलाई एकीकृत गरेर नेपालको बिकासमा योगदान दिने उद्देश्य बोकेको गैर नाफा मुलुक संगठन हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय सस्थाले हल सम्म ४३ देशमा आफ्नो संजाल बिस्तार गरिसकेका अध्यक्ष लामाले बताउनु भयो।