विस्व व्यापी रुपमा फैलिदै नेपाल राष्ट्रिय तामाङ घेदुङ आफ्नो अन्तर्राष्ट्रिय संघठन जापनमा पनि

बिश्व महामारीको रूपमा फैलिएको कोभिड -१९ लाई मध्यनजर गरि सभ्य र भव्य रुपमा २८५७ औं लाङ ल्होछारको अवसरमा नेपाल राष्ट्रिय तामाङ घेदुङ जापानको शुभकामना आदानप्रदान तथा भेला सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल तामाङ राष्ट्रिय घेदुङ विदेश बिभाग प्रमुख श्री पेमा लामा तामाङको प्रमुख आतिथ्यमा १ सदस्य पछि थप गर्ने गरि १९ सदस्यीय कार्यसमिति चयन गर्दै सफलतापूर्वक बिस्तार भएको हो,सो भेला राष्ट्रिय तामाङ घेदुङ जापानको तदर्थ समिति संयोजक टाशि लामाको सभापतित्वमा भएको थियो भने तदर्थ समिति सचिब कुशल मोक्तानले संचालन गर्नु भएको थियो

सम्झना ग्याबाको स्वागत मन्तब्य संगै,कार्यक्रम प्रमुख अतिथिले दियोबत्ती बाली बिधिवत उद्घाटन गर्दै तामाङहरुको हक अधिकार र पहिचानका बारेमा र अब परि आएको खण्डमा आउने समस्यामा तामाङ एकता भइ लाग्नु पर्ने बताउदै अगाडि बड्नुपर्नेमा जोड दिनु भएको थियो ।

संघ संस्थामा अल्झेर हुदैन प्रवासी तामाङहरूलाई बुझ्न,बुझाउन र एकीकृत तामाङ समाज निर्माण गर्न तामाङ राष्ट्रिय घेदुङको आवश्यकता रहेको कुरा बताउदै राज्य संचालनमा तामाङहरु एकढिक्का भएर राज्य संचालनमा पाँंउच पुराउन तामाङ एकता हुनु पर्नेमा जोडदिनु भएको थियो।

नेपाल राष्ट्रिय तामाङ घेदुङ जापान कार्यसमितिका नामवली
1. पेम्बा लामा तामाङ – अध्यक्ष
2. विद्या सागर मोक्तान – उपाध्यक्ष
3. रेशम ग्यामदेन लामा – उपाध्यक्ष
4. संजिब स्याङतान – उपाध्यक्ष
5. भरत मोक्तान – महासचिब
6. कुशल मोक्तान – सचिब
7. टाशि लामा – कोषाध्यक्ष
8. सम्झना लामा – सह-कोषाध्यक्ष सदस्यहरु
9. सुनिल लामा वाइबा
10. शोनी तामाङ
11. युवराज लामा
12. दिव्य लामा स्याङबो
13. निमा लामा
14. सोम बहादूर घिसिंग
15. विष्णु ल्हो तामाङ
16. बुद्ध लामा पाख्रिन
17. मुस्कान ग्लान तामाङ
18. प्रज्वल लामा दोङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार