घेदुङ मलेसिया “अध्यक्ष” जगत दोङ तामाङद्वारा सोनाम ल्होछारको शुभकामना सन्देश ।

शुभकामना संदेश ।

  ग्राण्ड सम्बाददाता
 240 पटक हेरिएको

काठमाडौ / युवा समाज सेवि तथा नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङद्वारा २८५७ औं (लाङ ) म्हे “ल्हो सोनाम ल्होछारको शुभकामना संदेश व्यक्त गर्नु भएको छ।

अध्यक्ष तामाङले शुभकामना संदेश व्यक्त गर्दै नेपाल बहुजातीय, बहुधर्मिक बहुभाषिक ,बहुसस्कृतिक र भौगोलिक बिबिधतायुक्त विशेषताले भरिपूर्ण एक धर्मनिरपेक्ष “देश” भएकोले सरकारले सबै जाति ,धर्म लिंक, बर्ग क्षेत्र” समुदायको धार्मिक सहिष्णुता कायम गरि सम्मान एवं सद्भाबसहित अधि बढ्नु पर्ने बताउनु भयो।

दोङले सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका विभिन्न समुदायका अधिकार र पहिचानलाई मूर्तिकृत गरेको स्मरण गर्दै उनले आआफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका सोनाम ल्होछार यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै संघिय नेपाल तामाङ घेदुङ केन्द्रीय को निर्देशनअनुसार ‘ राष्ट्रिय जनगणना २०७८ मा तामाङ जाती तामाङ भाषा र बाैद्ध धर्म लेखाऔ! कोभिड १९ को महामारीमा सोनाम ल्होछार २८५७ औ घरघरमा भव्य रुपले मनाऔ। भन्ने मुल नाराका साथ यश वर्षा ल्होछार मनाउन सबैमा आग्रह गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार