अभिशेक तामाङको क्राना लासी गीतको कथा बुझ्न भिडियो १० चोटि हेर्नु पर्ने

भक्तपुर: बहुप्रतिक्षित तामाङ प्रेम गीत क्राना लासी बजारमा आएको छ, भक्तपुरको सुर्य बिनायकमा रहेको शुभ कामना पार्टि प्यालेसमा बृहत् सांस्कृतिक कार्यक्रम गरि क्राना लासी बिमोचन गरिएको हो

तामाङ चलचित्र संघको अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा सार्वजनिक गरिएको हो,भिडियो सार्बजनिक गर्दै अध्यक्ष थोकरले तामाङ गीत संगीत र फिल्मको हकहितको लागी आधिकारिक संस्था भनेको तामाङ चलचित्र संघ मात्र रहेको दाबी गर्दै,तामाङ चलचित्र संघमा दर्ता भइ सुटिङ गरेमा कानुनी झमेला सबै तामाङ चलचित्र संघले जिम्मा लिने बताउनु भयो,यसरि मनतव्यको क्रममा तामाङ कलाकारहरुमा पार्टिको झोले प्रबिधिले गर्द तामाङ कलाकार हरुमा ठुलो धक्का पुगेको बताउनु भयो कुनै गाउँ स्तरीय होस या सहर जुन ठाउमा पनि राजनीतिकहबि भएको कारण तामाङहरु अगि बड्न नसकेको कुरा मन्तव्यमा राख्नु भएको थियो उहाले अन्तिममा,भन्नु भयो तामाङको पहिचान स्थापित गर्ने हो भने तामाङ हरु जुन सुकै पार्टिमा आबद्ध भए पनि आफ्नो समुदायको हितको लागी एक ठाउमा हुनु पर्ने जिकिर गर्नु भएको छ ।
अर्को बिषेश अतिथि रबिन्स लामाले पनि गीतले सफलता प्राप्त गरुन भन्दै शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

रामेछापको सुनापाती मकवानपुरको कुलेखानी र भक्तपुरको रमणीय स्थलहरुमा छांयाकन गरिएको भिडियोमा निर्माण पक्षले धेरै संघर्ष गरिएको देखिएको छ ।

अबिसेक तामाङको संगीत रहेको यस गीतमा शब्द चर्चित पत्रकार हेम बोम्जनको रहेको छ भने स्वर गायक अबिसेक तामाङ र रस्मि दोङ तामाङको रहेको छ ।
वाङ्च्यु फ्युवाले एरेन्ज गरिएको गीत लाइ किशोर थापाले मिक्सिङ गरिएको हो
भिडियो लाइ अहिलेको ब्यस्त नृत्य निर्देशक प्रतिक ङ्यासुरले निर्देशन गरिएको हो भने बाकि सबै ल्याबको जिम्मा जिग्मे मिडियाको सुर्य लामाल्व गरिएको हो ।

कर्याक्रम संचालन भने संचारकर्मि सुदिन दोङले गरेको हुन.

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार