तेमाल अध्यक्ष फुटबल कप २०७७ को उपाधि वडा न.८ को हातमा।

खेलकुद

  ग्राण्ड सम्बाददाता
 526 पटक हेरिएको

काभ्रे – तेमाल गाऊँपालिका स्तरिया दोस्रो अध्यक्ष फुटबल कपको प्रतियोगितामा वडा न.८ ले खेलको निर्धारित समय र थप गरिएको समयमा ३/३ गोलको बराबरीमा रोके पछि पेनाल्टी सुट आउट गरेर वडा नं.९ लाई पराजित गर्दै नगद रु. 2 लाख सहित गोल मेडलर प्रमाणपत्र प्राप्त गरेको हो।

भने क्रमश :उपबिजेता वडा न.९ ले १ लाख ५० हजार नगद सहित प्रमाणपत्र र गोल मेडल प्राप्त गरेको छ भने तेस्रो वडा न.७ ले १ लाख गोल मेडल र प्रमाणपत्र चौथो वडा न.५ ले ५० हजर सहित प्रमाणपत्र र गोल मेडल प्राप्त गरेको छन!

उक्त आयोजनामा संविधानसभा सदस्य तथा काभ्रे क्षेत्र न.१ का पुर्व संसद” तिर्था लामाको प्रमुख अथितीमा स्थानीय जनप्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

यस प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा न.९ दिनेश दोङ भएको थियो भने उत्कृष्ट गोल किपर वडा न.८ का बुद्ध घिसिङ भएको थियो” भने धेरै गोल गर्न सफल वडा न.९ का दिपक तामाङ भए” भने यी तीन बेस्ट खेलाडी हरुले नगद रु ५ /५ हजार रकम प्राप्त गरे।

यसैगरि वडा न.८ का खेलाडीहरु मिम बहादुर तामाङ अध्यक्ष रहेको ब्यबस्थापन टिममा रोज बहादुर तामाङ कोच र सुसन लामा मेनेजर लगायत रत्न कुमार दोङ ,बुद्ध घिसिङ लामा ,बुद्ध लामा,सौगात तामाङ ,पेमा सिं तामाङ , धन राज तामाङ ,रबिन लामा,गांगा राज तामाङ ,झलक मान तामाङ ,धन दोज लामा,बिकेस तामाङ ,राज कुमार दोङ,मिङमा लामा ,बाइक दोङ,विशाल लामा र कर्म सिं तामाङले प्रतियोगितामा खेल खेलेको थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार