काठमाडौ / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ताप्लेजुङको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुसन्धान केन्द्रले जानाएको छ ।
ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको जनाएको छ ।
ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति भने नभएको स्थानीयले जानकारी दिनुभयो । घर हल्लिएपछि सबै मान्छेहरु घर बाहिर निस्केको र कुनै क्षति नभएको जनाएको छ ।