अध्यक्ष जगत दोङको पहलमा काभ्रे कल्याणकारी समाजद्वारा लोपोन छ्योइकु प्रतिमा निर्माणमा अर्थिक सहयोग ।

समाज

  ग्राण्ड सम्बाददाता
 632 पटक हेरिएको

२३ माघ तेमाल  – काभ्रे जिल्ला तेमाल गाउपालिका ८भोर्ज्याङ मा हलै निर्माण भैरहेको लोपोन छ्योइकु प्रतिमाको लागि नेपाल तामाङ घेदुङ मलेसिया अध्यक्ष जगत दोङ तामाङको पहलमा काभ्रे कल्याणकारी समाज मलेसियाद्वारा आर्थिक सहयोग गरेको छ।

शुक्रवार काभ्रे कल्याणकारी सस्थाको संस्थापक भुपु अध्यक्ष उर्गेन थोकर तामाङ , भुपु उपाध्यक्ष- रमित लामा , भुपु क्षेत्रीय पेनाङ सचिब नोर्बु दोङ तामाङ , भुपु क्षेत्रीय अध्यक्ष- माया वाइबा तामाङ ,भुपु केन्द्रिय कार्यसमिति सदस्य कोमल घलन र यसै संस्था नेपाल का महासचिव तेमाल सिंह तामाङ र साथमा तेमाल गा.पा ८ को वडा अध्यक्ष श्री लक्ष्मी बा.घिसिङ प्रतिमा निर्माण कार्यस्थल मै पुगेर “यसै लोपोन छ्योइकु निर्माण उपभोक्त समितिको अध्यक्ष श्री धान सिं तामाङ ज्युलाई वडा अध्यक्ष घिसिङज्युले संयुक्त रूपमा रु. 1 लाख 14 हजार 8 रुपैया रकम हस्तान्तरण गर्नु भएको हो”भने उक्त निर्माणा भैरहेको प्रतिमाको उचाई १३ फिट आग्लो रहेको स्थानीय जनप्रतिनिधि कुबेर दोङ तामाङले बताउनु भयो।

निर्माण भैरहेको लोपोन छ्योईकु प्रतीका को तस्बिर
निर्माण भैरहेको लोपोन छ्योईकु प्रतीमाको तस्बिर स्थानीय जनप्रतिनिधि श्री कुबेर दोङ तामाङ ज्युले खिच्न भएको।

सहयोगी दाताहरुको नामावली –

1 .भोज दोङ(तेमल) रु.3000
2.बिजय दोङ (तेमल )रु.5940
3.जगत दोङ (तेमल)रु. 5940
4.बुद्ध तामाङ(तेमल) रु.4455
5 .उमेश यदब(महोत्तरी)रु. 1485
6. भिम दोङ (तेमल) रु.2970
7.श्याम थिङ (चौरिदेउरली)रु.1485
8 .संसार घिसिङ(चौरिदेउरली)रु.1485
9.क्लेवर सिङ(चलाक)तेमल रु.5940
10.गणेश थिङ( बेथनचोक) रु.2970
11.दिनेश थिङ( महाभारत)रु.1484
12. जोगमान(याङजु)तेमल रु.3267
13. छेवाङ पखृन(पानौती)रु.2970
14.फुल कुमर(तेमल)रु.1485
15.नवीन वाइबा( बेथनचोक) रु.1485
16. राम लामा(तेमल)रु.3267
17. लक्षमान लामा(तेमल) रु.3267
18. हिरा लामा(तेमल)रु4455
19.मिलन मोक्तान(रोशी) रु.2970
20. मिलन दोङ(तेमल )रु.3000
21.सरोज थोकार(रोशी) रु.2970
22.अतीत मोक्तान(तेमल)रु.2970
23. चमार सिङ तामाङ(रोशी) रु.1485
24. पुर्ण बहादुर तामाङ रु.1485
25 .तिर्थ लामा ( रोशी) रु.1485
26. फुल काजी तामाङ रु. 1485
27.तिर्थ लाल तामाङ(तेमल)रु.2970
28. कुले दोङ( नमोबुद्द )रु.1485
29.गुनमन मोक्तान( नामोबुद्द)रु.1500
30.भुवन वाईबा तामाङ (सर्लाही) रु.1485
31.नुर्बु दोङ (तेमल)रु.1485
32. सोनम मोक्तान( चौरिदेउरली) रु.4455
33. मनोज चौधरी( रुपन्देही)रु.2970
34.जीवन थोकार रु. 1500
35.काभ्रे कल्याणकारी समाज मलेसिया रु.14850
कतारबाट
1- देब सिङ तामाङ (तेमाल ८ ल्होङ्साल) रु. 5555
जम्मा रकम रु=जम्म 1 लाख 14 हजार 8 सय रुपैयाँ

को हुन लोपोन छ्योइकु तामाङ ।

काभ्रेपलान्चोक जिल्लाको तेमाल बस्तीमा” छ्योईकी ह्रेन्जेन तामाङ को नाति ,संङ्गे ह्रेन्जेन तामाङको छोरा ,ह्रेन्जेन दोर्जे तामाङ “राजा” ले राज्य गरेकोमा उहाँको पाँच भाई छोरा मध्ये एक भाइ छोरा मङ्गोलका दोङ्ग्यालमै फर्केको र चार छोरा मध्ये लोपोन छ्योईकु तामाङ जेठो छोरा हुन र उहाँ को तेमालमा आंशा भागबन्डा गर्दा तेमाल ८ भोर्ज्याङमा भएको” परापुर्ब काल देखिनै तामाङ दोङ छेन्बोहरुको कुल पुजा गर्ने लोपोन भएकोले दोङ छेन्बोहरुको इतिहास लाई जोगाउनको लागि उक्त लोपोन छ्योईकु प्रतिमा निर्माण गर्न लागेको हुन।र लोपोन छ्योईकु तामाङको जेठो मनदेउ तामाङ र माहिलो किनदेउ तामाङ गरि दुईभाई छोराहरु थिए” जेठो छोरा किनदेउ तामाङ भोर्ज्याङ मै बस्नु भएको थियो “भने मनदेउ तामाङ म्हान्दु गाङमा बसाइँ सारेर जानु भएको थियो।

ह्रेन्जेन दोर्जे तामाङ राजाको शासनकाल समाप्ति।

काभ्रे तेमालका ह्रेन्जेन दोर्जे तामाङ राजालाई पृथ्वी नारायण शाहले बि.सं .१८१९ असोज २ गते मीत लगाउने बहानामा गोरखाली सेनाका कमाण्डर जयकृष्ण कुवरको सेनाले धेरै दिन अघिनै सुनकोशी नदीको किनारमा बालुवामा लुकाई राखेको हातहतियार प्रयोग गरी तामाङ राजा ह्रेन्जेन दोर्जे तामाङ को निर्मम पुर्बक हत्या गरेपछि शासनकल समाप्ति भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार