काभ्रे कल्याणकारी समाज मलेसियाको भर्चुअल जुम साधारण सभा सम्पन्न !१३ कार्यसमिति चयन।

समाज

  ग्राण्ड सम्बाददाता
 234 पटक हेरिएको

क्वालालम्पुर – काभ्रे कल्याणकारी समाज मलेसियाको कार्यसमितिले कार्यकाल सम्हालेका एक बर्ष बितिसक्दा पनि जिम्मेवारी पुर्बक काम गर्न नसकेको हुदा पुरानो कार्यसमिति विघटन गरेर नंया कार्यसमिति चयन गरेको छ।

२०१८ जनवरी १ मा उर्गेन थोकर तामङ को अध्यक्षतामा मलेसियाको क्वालालम्पुर स्थित काभ्रे सेवा समाज मलेसिया नाममा स्थापना भएको संस्था 2019 मा बिधिगत रुपमा दर्ता भइ काभ्रे कल्याणकारी समाज मलेसिया भएको हो।

अध्यक्ष तामाङ को २ बर्षको कार्यकालमा संस्थाले मलेसियाको २ ठुला सहर जोहोर, पेनाङ र नेपालमा अफ्नो शाखा बिस्तार गरे संगै संस्था अधिकारिक रूपमा दर्ता समेत गरि मलेसियामा अलपत्र परेको नेपालीको उद्घर तथा आफ्नो गृह जिल्ला काभ्रेमा विभिन्न प्रण घातक रोग लागेका बिरामी ,आगोलागि पीडित ,बाढी पहिरो पीडित लगायत विविध समस्य भएको पीडितहरुलाई राहत स्वरुप लगभग १८ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरेको थियो। भने अध्यक्ष उर्गेन थोकर को 2 बर्षको कार्यकाल पछि सस्थाले मलेसियामा नेपालको लागि नेपाली राजदूत उदय राज पाण्डेको प्रमुख अतिथिमा २०२० जनवरी २६ तारीखमा पहिलो अधिबेशन तथा दोश्रो वार्षिकोत्स आयोजना गरेर मिलन सहि ठकुरीलाई अध्यक्षमा चयन गरि १३ कार्यसमिति गठन गरेको थियो।

उक्त अधिबेशन बाट कार्यसमिती मात्र चयन गरेनन “सस्थाले अफ्नो २ क्षेत्रीयसमिति जोहोर र पेनाङ समेत विघटन गरेर सबै कार्यक्षेत्रमा संयोजक समिति तायर गरेको थियो” भने सस्थाले चुनिएको कार्यसमिती ले कोरोनाको विषम परिस्थिति भएको बहाना गर्दै कार्यसमिति चयन भएको लगभग ८ महिना बितिसक्दा पनि कार्यक्रमको एउटा समिक्षा बैठक समेत राख्न नसकिएको र अध्यक्ष शाहीको नेतृत्वमा कमजोरी रहेको भन्दै कार्यसमितिका केही पदअधिकारी हरुले गुनासो गर्दै राजिनामा समेत दिएको थिए ।अध्यक्ष शाही भन्नुहुन्छ -कार्यसमितिको पदअधिकारी हेरफेर गर्ने तर कार्यसमितिको पदाधिकारी भन्नुहुन्छ अध्यक्ष शाही नेतृत्वमा काम गर्न नसक्ने आरोपप्रतिआरोप मै एक बर्ष बितेको भन्दै बोर्ड अध्यक्ष गणेश थिङ तामाङले बोर्ड बैठक राखेर संयोजक समिति गठन गरि नंया कार्यसमिति चयन गरेको बताउनु भयो।

साथै जनवरी ३० तारिख शनिवारका दिन अनलाईन भर्चुअल जुम मार्फत सम्पन्न समाजको तेस्रो वार्षिकोत्सव तथा साधारण सभाबाट १३ कार्यसमिति सदस्य चयन भएको हो।

कार्यसमिति सर्वसहमत रुपमा चयन हुनेहरूमा बोर्ड अध्यक्ष:-गणेश थिङ तामङ, अध्यक्ष:-सोनाम मोक्तान, बरिस्ठ उपाध्यक्ष:-दिनेश थिङ तामाङ, प्रथम उपाध्यक्ष:-मिलन दोङ तामाङ, दृतिय उपाध्यक्ष:-नवराज मैनाली, महासचिव:-चलाख सिङ तामाङ, सचिव:-छेवाङ पाख्रिन तामाङ, कोषाध्यक्ष:-पासाङ पाख्रिन तामाङ, सह-कोषाध्यक्ष:-अम्बर तामाङ रहेका छन् ।

त्यस्तै सभाले ६ सदस्य सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकारहरु समितिमा मिलन शाही ठकुरि र अम्बर बहादुर वाईवा ,भोज दोङ तामाङ, बिजय दोङ गुनमान मोक्तान, संसार घिसिङ सल्लाहकारका चयन भएका हुन ।

भने कार्यसमिति सदस्यहरुमा जगत दोङ, बिजय थिङ, संग्राम मोक्तान ,अर्जुन मोक्तान ,भिम वाईबा, मिना लामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार