साउथ क्यारोलाईना- जात जाति धर्म,बर्ग र राजनितीबाट मुक्त अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर रहेका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैर मुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले अमेरिकाको साउथ क्यारोलाईना राज्यको लागि डा. रामचन्द्र बराललाइ कन्सुलरमा नियुक्त गरेको छ ।
डा. रामचन्द्र बराल अमेरिकाको विभिन्न विश्वविद्यालय र कलेजहरूमा अध्यापन गर्ने क्रममा हाल साउथ क्यारोलिनाको बेनेडिक्ट कलेजमा अध्यापक हुनहुन्छ । उहाले नेपालको त्रिभुवन विश्वविद्यालयमा मेचीदेखि महाकालीसम्मका विभिन्न क्याम्पसमा शीक्षण पेशामा सेवा पुराउनु भएको थियो । उहाले मनोविज्ञान, विशेष शिक्षा, शैक्षिक मनोविज्ञानको क्षेत्रमा पनि धेरै पुस्तक र लेख प्रकाशित गर्नुभएको छ त्यसको फलस्वरूप उहा विभिन्न पुरुस्कारबाट पनि पुरुषकृत हुनुभएको छ !अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा २०१८ मा स्वर्ण पुरस्कारबाट सम्मानित हुनुभएको थियो !
उहा नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका(नासा)का पूर्ब अध्यक्ष पनि हुनुहुन्छ !
नेपाली डायस्पोरा स्थित समुदायको विकासमा सक्रिय रहेकाले डा. रामचन्द्र बराललाई सम्मान स्वरुप कन्सुलरको पदमा मनोनित गरेको संस्थाका अध्यक्ष अमृत लामाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
हामी नेपाली ग्लोबलको नर्थ र साउथ अमेरिकाको एम्ब्यासडर ,राजा घले भन्नुहुन्छ ” आज हामीले डा. रामचन्द्र बराल जस्तो प्रभुत्व ब्यक्ति यो संस्थामा पाउदा गौराबिन्त भएका छौ ” !