सनिवार राति सम्पन्न खेलमा बायर्न म्युनिखको जित ।

  ग्राण्ड सम्बाददाता
 177 पटक हेरिएको

काठमाडौं / जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको सम्पन्न खेलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ।बायर्नको मैदानमा सम्पन्न खेलमा होफेनहाइमविरुद्ध ४–१ गोलको अन्तरले जित निकालेको हो।

बार्यनको जितका लागि थोमस मुलर, रोबर्ट लेवान्डोस्की, सर्ज गन्याब्री र जेरोमी बोयटेङले समान १–१ गोल गरेका थिए । यता होफेनहाइमका एन्ड्रेज क्रमारिचले ४४ औं मिनेटमा एक गोल फर्काए पछि । जारी लिगमा १४ औं जितसहित ४५ अंक बनाएको बायर्न शीर्षस्थानमा छ।

गएरातीको खेलमा वायर लेवरकुसनमाथि साँघुरो जित निकालेको आरबी लाइप्जिक दोस्रो स्थानमा छ। लाइप्जिकले शनिबार रातिको खेलबाट तीन अंक थप्दै ३८ अंक बनाएको थियो। १–० गोलले पराजित लेवरकुसनल ३२ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

त्यस्तै, शनिबार रातिको अर्को खेलमा बोरुसिया डर्टमन्डले जित निकालेको छ। डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा उसले आउसबर्गविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो। एक गोलले पछि परेको अवस्थाबाट जितका लागि थोमस डेलानी र जाडन साञ्जेले समान १,१ गोल गरे।

यता आउसबर्गका फेलिक्स उडोखईले आफ्नै पोस्टमा गोल गरेपछि डर्टमन्डले गोल कोसेली पाएको थियो।लिगमा दशौं जितसहित डर्टमन्ड पाँचौ स्थानमा छ। उसले जारी सिजनका १९ खेलबाट ३२ अंक बनाएको छ। आउगबर्ग २२ अंकका साथ १३ औं स्थानमा छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार