राष्ट्रिय महिला लिगको पाँचौं खेलमा आर्मीले वालिङमाथि ७–० को फराकिलो अन्तरको जित

  ग्राण्ड सम्बाददाता
 81 पटक हेरिएको

काठमाडौ / त्रिभुवन आर्मी फुटबल क्लबका बिमला चौधरीले हयाट्रिक गोल गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई हराएको छ । राष्ट्रिय महिला लिगको पाँचौं खेलमा आर्मीले वालिङमाथि ७–० को फराकिलो अन्तरको जित हात पारेको छ ।

बिमलाले खेल सुरु भएको १५ औं मिनेटमा पहिलो गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाउनुभयो । दीपा राईले २८ औं मिनेटमा आर्मीको गोल अन्तर दोब्बर पार्नुभयो ।

हाफटाइमको ठीक अघि शर्मिला थापाले आर्मीको अग्रतालाई तेब्बर पार्नुभयो । त्रिभुवन आर्मी त्यत्तिकैमा रोकिएन । दोस्रो हाफको ६६ औं र ७५ औं मिनेटमा बिमला चौधरीले थप दुई गोल गर्दै आफ्नो हयाट्रिक गोल पुरा गर्नुभयो ।

बिस्थापित हेमा चौधरीले ८९ औं र भुजङ्गा राईले ९२ औं मिनेटमा थप एक एक गोल गर्दा आर्मीले वालिङमाथि ७–० को जित सुनिश्चित गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार