नेकपा प्रचण्ड माधब समुहको स्थायी कमिटीको बैठकले ओलिलाइ स्पष्टीकरण सोध्ने निर्णय ।

  ग्राण्ड सम्बाददाता
 119 पटक हेरिएको

काठमाडौ / प्रचण्ड माधब समुहको स्थायी समिति बैठकले कारबाही गरेका ओलिले पार्टीको विधान उदेश्य र लक्ष्य विपरीत गतिविधि गरेको भन्दै प्रधानमन्त्री ओलिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

अर्का नेता विष्णु पाैडेलले पनि पार्टीको निर्णय विपरीत कामकारबाही गरेकाले उनलइ पनि पार्टीले कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।

सुक्रबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समुहले माघ १६ गते काठमाडौमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । नेकपा प्रचण्ड माधब समुहले संसद विघटन विरुद्ध प्रदर्शन आन्दोलन गर्दै आएको छ ।

बैठकले भारतिय जी टिभिका पत्रकार सुधीर चाैधरीले सगरमाथाको बरेमा दिएको अभिव्यक्तिको विरोध साथै ५ ओटा विशेष प्रस्ताव गरेको बताएको छ । स्थायी समितिको बैठकले तीन दिनभित्र पार्टीका रिक्त पदहरुमा पनि नियुक्ति गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार