सामन्ती मनोवृत्तिले वास्तविक गणतन्त्रको आभास जनतामा भएकै छैन! विनोद जंग राय क्षेत्री।

  ग्राण्ड सम्बाददाता
 172 पटक हेरिएको

हामीलाई कस्तो नेतृत्व चाहिएको हो ?

विनोद जंग राय क्षेत्री:

यो आजको बहस हो । हामीले २ शताब्दीको राजनीतिक परिपाटी हेर्दा विभिन्न व्यवस्था हरु सुनेऊ ,देख्यौ , भोग्यौ र भोग्न बाकी छ । यो बिचमा हामीले बुझ्नु पर्ने कुरा के हो भने , विगत र वर्तमानको अवस्थालाई हेरेर हाम्रो भविष्य कस्तो हुने यो आम चासोको बिषय हो ।

विगत र बर्तमानमा कास्तो साशकले शासन गर्यो भन्दा पनी अबको दिनहरूमा हामीलाई कस्तो व्यवस्था चाहाने र कस्तो नेतृत्व हामीले जन्माउने यो महत्त्वपूर्ण विषय हो । हामीले व्यवस्था परिवर्तनको लागि हजारौं सहिद , लाखौं करोडौं परिवारलाई व्यवस्थाकै नाममा बिचल्ली पारिसकेका छन। कहिले राणा शासनको विरुद्ध ,कहिले पञ्चायती शासन, त कहिले राजतन्त्रको विरुद्ध गणतन्त्र प्राप्तिको लागि भन्दै मानव नरसंहारले गणतन्त्रमय परिवेश बन्यो तर जनबादि गणतन्त्र स्थापित हुनै सकेन ।

हरेक पटक व्यवस्था ढले संगै जन अपेक्षाहरु बढे , आशा र भरोसाहरु बढे तर नेतृत्वले जनताबादि भन्दा आत्माबादि परिपाटीले समृद्धि देख्ने आखाहरुमा छारो हाल्ने शिवाय केही हुन सकेन । यतिमात्र नभएर सहिद माथि राजनीति , राष्ट्रिय अस्मिता माथि राजनीति , श्रमजीवी वर्गमाथी राजनीति , र गरिब जनताको बाच्न पाउने नैसर्गिक अधिकारमाथि राजनीतिले राजनैतिक परिपाटी र गणतन्त्रको मुल्य मान्यता माथि नै प्रश्नचिह्न खडा गरेको छ ।

जनताले बलियो बलियो शासन सत्ता ढाले र ढाल्दै गए तर जति शासन सत्ता ढाले र नया व्यवस्था सुरु भयो तेति नै झन बलियो शासनले जनताको रगत पसिना चुस्ने काम भयो । जनताले बलिदान दिएर जन्माएको गणतन्त्रमा जनतनकै मतदान बाट बिजय भएकालाई जनता कै छोरा जनप्रतिनिधि लाई पिर्के सलामी यो कतिसम्म गणतन्त्रको वर्खिलाप छ सामान्य मानिसले बुझ्ने कुरा हो । जनताका छोराछोरी प्रधानमन्त्री र राष्ट्रपति भएर होलान तर सामन्ती मनोवृत्तिले वास्तविक गणतन्त्रको आभास जनतामा भएकै छैन भन्दा न्यायसंगत नै होला । पिर्के सलामी खाने जनप्रतिनिधि र रातो कार्पेटमा सयन गर्ने उच्च ओहोदाका राष्ट्र सेवकले गणतन्त्रको अर्थ , भाव र मर्म बुझ्नु आवश्यक छ।गणतन्त्र (लेटिन बाट: Res Publica – जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ ।

यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। “लोकतन्त्र” अथवा “प्रजातन्त्र” गणतन्त्र भन्दा फरक हुन । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तवमै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरैजसो देशहरु गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।


संविधानले व्यवस्था गरेर वा वाक स्वतन्त्रता लाई मात्रै जोडेर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्यो भने नेपालमा अझै लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था आएकै छैन भन्न मिल्छ । गणतन्त्रात्मक राज्यमा नैसर्गिक अधिकार मात्रै नभएर आधारभूत आवश्यकताको परिपुर्ति हुन पर्छ । जुन आज नेपालीको परिवेशमा हुन सकेको छैन । एकातिर कुलीन वर्गको आडमा राज्यसत्ता संचालनले गरिखाने वर्गमाथि चरम शोषण भईरहेको छ । जसले गर्दा निमुखा वर्गहरु रोजीरोटीकै लागि भए पनि आफ्नो देश छोडेर अन्य देश जानू विडम्बनापूर्ण अवस्था रहिआएको छ।

यस्तो अवस्थामा के जनताले भनेको जस्तै राज्य व्यवस्था र गणतन्त्रको स्थापन भयो भन्न मिल्छ ? हैन भने संविधानको धारा , उपधारा र भागहरुमा जतिसुकै जनपक्षीय लेखेता पनि व्यवहारिक पक्ष फितलो हुदा जनतामा गणतन्त्रको कुनै भान हुदैन र हुन सक्दैन । जसले गर्दा दलित ,आदिवासी , जनजाति र निमुखा उच्च जातीलाई पनि गणतन्त्रले छुन सक्दैन । प्रत्येक पटक निमुखाको एजेन्डामा राजनिती गर्ने र जनताको अभिमतले जनताकै शोषण गर्ने यो कस्तो राजनीति परिपाटी , जनताका नाममा ठेकेदार र गुण्डा नईकेले टिकट चिप्लिएर जनता भविष्य निर्माण गर्न संविधानसभा , प्रदेशसभा र स्थानीयतहमा जनप्रतिनिधि बन्ने होडबाजीले गणतन्त्रको धज्जी उढाई रहेको छ ।

त्यसैले संविधान ल्याएको गणतन्त्र संविधान आयो तर जनतामाझ आएन । गणतन्त्र जनतामाझ ल्याउनको लागि युगान्तकारी परिवर्तन बहाव संगै युगपुरुष जन्मिनुको विकल्प छैन । राजनीतिक व्यवस्था र परिपाटीलाई एक च‍ोटि बदल्नु पर्दछ । कर्मचारीतन्त्र व्यवस्थापनबारे सोच्नै पर्छ । यो देशलाई ६० बर्ष सम्म कर्मचारीले चलाउछन । ६० बर्षसम्म देश चलाउने कर्मचारी कुनै न कुनै रुपमा राजनीतिक पार्टीको परछाई भित्र खेलिरहेको हुन्छन् ।

जसको कारणले चरम भ्रष्टाचार , अनेमितता, सरकारी सम्पत्तिको चरम दुरुपयोग भईरहेको छ । देश चलाउने कुनैपनी राजनीतिक रुपमा विमुख छैन । एक जना सचेत नागरिकको हैसियतले भन्नू पर्दा हामी हाम्रो शासक हाम्रो हातबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रमुख चाहान्छौ । किन भने हामीले निर्वाचित गरेका जनप्रतिनिधिले कहिले हाम्रो चाहाना अनुरुप काम गर्न सकेनन् उनिहरु राजनीतिक पहुँच , दल , बल र धनबादले प्रभावित पार्दै टिकट हासिल गर्दै सोझा सिदा जनताको सपनामाथि पटकपटक खिसीटिउरी मात्रै गरे जसले आम जनताहरु राजनीतिक वितृष्णा र गरिबीको परिवन्धमा परिरहेका छन । जसले राष्ट्र निर्माण लाई अमुल्य भोट दिए , हरेक क्षेत्रवाट राज्यलाई कर तिरिरहे त्यसको बदलामा महङ्गी र गरिबीको चपेटा बहेक केही पाउन सकेनन् । अबको नेतृत्व यी सबै कुरालाई चिर्न सक्ने जन्मनु पर्छ र देशको सम्मुनत विकास भई लोककल्याणकारी राज्य निर्माण हुनु आजको आवश्यकता हो ।

विनोद जंग राय क्षेत्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार