जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाइ जुवाखालबाट पक्राउ

  ग्राण्ड सम्बाददाता
 131 पटक हेरिएको

 

काठमाडौ / रुकुम जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाइ जुवाखालबाट प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा गजेन्द्रबहादुर ओलीसहित पृथा उत्तरगंगा गाउँपालिकावडा नं ५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नं १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं ७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका वडा नं १ का ३७ वर्षीय कमल गिरीलाई पक्राउ गरिएको रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।

मुसीकोट नगरपालिका वडा नं १, रुकुम पश्चिमको पातुखोबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । उनीहरु पातुखोलास्थित भरत घर्तीमगरको घरमा जुवातास खेलीरहेका थिए ।

उनीहरुको साथबाट २५ हजार २०० रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भैरहेको र कानुनबमोजिम कारबाही गरिने प्रहरी निरीक्षक शाहीले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार