पछिल्लो २४ घण्टामा नेपालमा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ जनाको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 66 पटक हेरिएको

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा २ सय १ ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ५ “जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ जना पुगेको छ ।

हल सम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ जना पुगेको छ । २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ३९० जना डिस्चार्ज भएको छ भने हाल सम्म कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पीसीआर परिक्षण गर्दा २ सय ७० जना संक्रमित थप भएको जनाएको छ ।हाल सम्म पिसीआर परिक्षण गर्नेको संख्या २० लाख ५ हजार १ सय २५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ जना छन् । हाल क्वारेन्टाइनमा २ सय ३१ जना छन् ।पछिल्लो २४ घण्टामा ५ जना कोरोन संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार