पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’केपी ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलको नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० बर्षे जनयुद्ध र विभिन्न आन्दोलनको उपलब्धि संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानसभा संसद विघटन हाम्रो आँखा अगाडि यो सबै परिवर्तन माथि यत्ति ठूलो प्रहार भएकाे भन्दै नेता–कार्यकर्तालाई लोकतन्त्रका पक्षमा उभिन निर्देशन दिनुभएकाे छ ।

हिजो बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काठमाडौ जिल्ला कमिटीद्वारा आयोजितबृहद कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै संसदीय दलका नेता प्रचण्डले आफूहरू उखानटुक्काले हसाएर कमेडी सो देखाउन जुटेकाे नभइ स्थापित परिवर्तनमा मुद्दा एम्बुसमा परेपछि एकजुट भएकाे बताउनुभयाे ।

‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो । जोकरका पछाडि कोही पनि लाग्दैनन् । साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ,’ उहाँले भन्नुभयाे ।

प्रचण्डले पार्टीले काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीकाे आराेपप्रति एउटा प्रमाण दिन ओलीलाई चुनौती दिनुभयाे । प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उहाँले भन्नुभयाे, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’

उहाँले ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमा छुरा हानेको बताउनुभयाे । प्रचण्डले जबज छोड्ने पहिलो व्यक्ति ओली भएको बताउँदै भन्नुभयाे, ‘अहिले भ्रम छर्न खोजेका छन्, तर जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो, ।

उहाँले अदालत र निर्वाचन कसैको सेटिङमा नचल्ने बताउनुभयाे । उहाँले अगाडि भन्नुभयाे, ‘केपी ओलीले अदालत र निर्वाचनसँग सेटिङ मिलाइसकेका छन् भन्ने आम जनतामा आशंका छ । त्यो हुनै सक्दैन । म सेटिङ भन्ने शब्द नै सुन्न चाहँदैन ।’ ओलीले हजारौं शहीदको अपमान गरेको भन्दै त्यसकाे साक्षी आफू बस्न नसक्ने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार