काठमाडौ / पछिल्लो २४ घण्टमा नेपालमा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला १८४ जना र पुरुष २६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार १ सय ५४ जनको पीसीआर परिक्षण गर्दा ४ सय ४५ जनामा कोरोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सहित हाल सम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ जना पुगेको छ ।
गत २४ घण्टामा ४१५४ जनको परिक्षण सहित हाल सम्म देशभरको प्रयोगशालामा १९ लाख ९७ हजार ९ जनाको पीसीआर परिक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय १४ जना कोरोना संक्रमण मुक्त भएको छ भने कोरोन संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ लख ५९ हजार ७ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित मध्ये निको हुनेको प्रतिशतमा ९७.६% प्रतिशत रहेको छ । हाल क्वारेन्टाइनमा २३७ जना छन भने आईसोलेसनमा ४४३४ जना छन । होम आईसोलेसनमा ११०७ जना छन आइसियुमा १४४” जना र भेन्टिलेटरमा ३५ जना छन ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनको निधन भएको छ भने हाल सम्म १९३७ जना कोरोना संक्रमितको निधन भएको छ । कोरोना संक्रमित मध्ये मृत्यु हुनेको प्रतिशतमा ०.७% रहेको छ ।