‘केपी ओलीमा इमान पनि छैन न देश र जनताको पक्षमा काम गर्ने सोच छ । माधब नेपाल ।

  ग्राण्ड सम्बाददाता
 100 पटक हेरिएको

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलिलाइ गल्ती कमजोरी सच्याएर सहि बाटोमा फर्कन सक्ने ठाउ अझैपनि रहेको भनि माधब नेपालले गल्ती स्विकारेर आउन सक्ने बताएका छन ।

गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै नेकपा अध्यक्ष नेपालले ओलिलाइ सच्चिने ठाउ रहेको बताएका हुन ।

नेपालले भने ओलि जि तपाईंले बाटो बिराउनु भएको छ गल्ती कमि कमजोरीलाई सच्याएर अझै फर्किन सक्नु हुने छ नेपालले भने । सच्चिएर आएन भने इतिहासको रछ्यानमा रहनुहुनेछ ।

नेपालले ओलिले प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेर जनताको अपमान गरेको भन्दै सच्याएर आए त्येसले राजनीतिक अर्थ राख्ने बताए । सम्बोधन कै क्रममा नेपाल ले भने ‘हुन न त वामदेव जी लागिरहनु भएको छ, ‘तर, उहाँलाई सुधार्न सकिन्न।

उहाँ आफू भाँचिन तयार हुने तर नसच्चिने मानिस हो।’ केपी ओलीको किचलोका कारण अहिलेको समस्या निम्तिएको भन्दै नेपालले उनको स्वेच्छाचारी र अराजकताका नै प्रमुख कारक भएको बताए।‘किचलो हामीले खडा गरेका होइनौं, केपी ओलीले नै हो खडा गरेको हो,’ उनले भने, ‘अहिले देशको यस्तो अवस्था आउनमा उहाँ नै मुख्य जिम्मेवार हो।’

देशलाई अस्थिरतातर्फ लैजाने काम केपी ओलीबाट भएको भन्दै उनले अब संघर्षलाई निरन्तर अघि बढाउनुपर्ने धारणा राखे। ‘विरोधीलाई तर्साएर तह लगाउन सुरुदेखि नै उहाँले खेल सुरु गर्नुभयो,’ नेपालले भने, ‘केपी ओलीमा इमान पनि छैन। न देश र जनताको पक्षमा काम गर्ने सोच छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार