२४ घण्टामा ४३० जना नयाँ कोरोना संक्रमित थप

५ जना कोरोन संक्रमितको मृत्यु ।

  ग्राण्ड सम्बाददाता
 80 पटक हेरिएको

काठमाडौ / पछिल्लो २४ घण्टमा नेपालमा थप ४३० जनाम कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला १७७ जना र पुरुष २५३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनएको छ ।

विभिन्न प्रयोगशालामा ५ हजार ३ सय जनको पीसीआर परिक्षण गर्दा ४ सय ३० जनामा कोरोन पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सहित हाल सम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ जना पुगेको छ ।

गत २४ घण्टामा ५३०० जनको परिक्षण सहित हाल सम्म देशभरको प्रयोगशालामा १९ लाख ९२ हजार ८ सय ५५ जनाको पीसीआर परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ९० जना कोरोना संक्रमण मुक्त भएको छ भने कोरोन संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ लख ५९ हजार ३ सय ५८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित मध्ये निको हुनेको प्रतिशतमा ९७.६% प्रतिशत रहेको छ । हाल क्वारेन्टाइनमा २३७ जना छन भने आईसोलेसनमा ४४०८ जना छन । होम आईसोलेसनमा ३१४३ जना छन आइसियुमा १५७” जना र भेन्टिलेटरमा ३५ जना छन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनको निधन भएको छ भने हाल सम्म १९३२ जना कोरोना संक्रमितको निधन भएको छ । कोरोना संक्रमित मध्ये मृत्यु हुनेको प्रतिशतमा ०.७% रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार