नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक देश हो जनार्दन  शर्मा ।

  ग्राण्ड सम्बाददाता
 99 पटक हेरिएको

काठमाडौ / प्रचण्ड माधव समुहका नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेता तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिएको आरोप लगाएका छन् ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाएको आरोप लगाएको हो । पूर्व उर्जा मन्त्री समेत रहेका शर्माले भने, ‘संविधानमा नभएको धारा प्रयोग गरेर संसद विघटन गरी प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाए ।’

आफूहरुलाई पार्टी फुटेकोप्रति चिन्ता हैन, संविधान र राष्ट्रको चिन्ता रहेको उनले बताए । उनले प्रश्न गरे, ‘जनताले बनाएको संविधानअनुसार काम हुँदैन भने राष्ट्रको रक्षा कसरी हुन्छ ? देश त संविधानअनुसार चल्नु पर्ने हैन र ?’

शर्माले देशको कानुनलाई नै राष्ट्र प्रमुखले मान्दिन भन्यो भने राष्ट्र, राष्ट्रियता, स्वाधीनता नरहने पनि प्रस्ट पारे । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई समाप्त पार्न र संविधानको रक्षा गर्नका लागि निरंकुशतन्त्रका विरुद्ध जनता सडकमा आएको र त्यस्तो कदम नसच्चिए सम्म जनता सडकमा आइरहने उनले बताए ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक देश हो । जनताकै बलमा नयाँ संविधान, गणतन्त्र, धर्मनिरपक्षेता, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका हौँ, शर्माले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार