राजेन्द्र महतो मुर्दावाद भन्दै कालो झण्डा

  ग्राण्ड सम्बाददाता
 58 पटक हेरिएको

काठमाडौ / जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरधाममा कालो झण्डा देखाएका छन ।

आफ्नै निर्वाचन क्षेत्रमा उनी संसद विघटन विरुद्ध प्रदर्शनमा सहभागी हुने क्रममा अराजक युवाहरुले कालो झण्डा देखाएका हुन । महतोलाई कालो झण्डा देखाएर राजेन्द्र महतो मुर्दावाद शहिदको भावनासंग खेलबाड गर्न पाईदैन जस्ता नारा लगाएर कालो झण्डा देखाएका थिए ।

जसपा नेपलले संसद विघटन विरुद्ध आयोजना गरेको विरोध सभामा सहभागी हुन जाने काममा महतोलाइ स्थानीय युवाहरुले भानु चोकमा कालो झण्डा देखाएको हो ।

ती युवाहरुको अक्रोस थियो मधेस अन्दोलनका काममा सहिद भएकाहरुको परिवरलाइ ५० लाख दिने भनिएकोमा त्यो पूरा नगरेकाले कालो झण्डा देखाएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार