प्रतिक्षित तामाङ बिछोडको गीत लावा खालाको भिडियो बजारमा

काठमाडौ:टिकटकमा एक लौटी राज गरेको तामाङ बिछोड गीत लावा खालाको म्युजिक भिडियो बजारमा आएको छ, तामाङ गीतका स्वर सम्राट चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा कुलेस्वरमा रहेको बर्गर हबमा उक्त गीत सार्वजनिक भएको थियो ।

अनिल मोक्तानको मार्मिक शब्द रहेको गीतमा युवा संगीतकार तथा गायक जोकलाल लामाको सुमधुर आवाजमा सुन्न सकिन्छ भने गीतलाइ संगीत पनि जोकलाल लामाको नै रहेको छ।
यो गीतलाइ एरेञ्ज पवन वाङ लामाले गरिएको हो भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

भिडियो हेर्न यहा तला थिच्नु होला👇️👇️

म्हेन्दो माया गीतहरु बाट उदायकी मोडल रश्मि लामाको उत्कृष्ट अभिनय रहेको गीत आज एक औपचारिक कार्यक्रम गरि सार्बजनिक गरिएको थियो । हिरा लामा जिक ज्याकको अभिनय रहेको यस भिडियोमा मोडल रोज लामाले पनि साथ दिएका छन ।

युवा निर्देशक अनिस लामा द्वारा निर्देशित भिडियो
को छायांकन मुकेश हुमागईले गरेका थिए। भिडियोको सम्पादक दिपक बिष्टले गरेका हुन् ।यस भिडियोलाई जिग्मे मिडिया हाउसको अफिसियल युट्यव च्यानलबाट हेर्न सकिन्छ।

कार्यक्रम पत्रकार सिंग मोक्तानले संचालन गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार